Banijya News

सुनको मुल्यमा सामान्य वृद्धि

1
1.0K Shares

 

नेपाली बजारमा मंगलबार (असार २) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

योसँगै छापावाल सुनको मूल्य तोलाको दुई लाख ९८ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार (असार १) छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top