Banijya News

माघ २५ देखी ‘विन्टर फ्री सर्भिस क्याम्प’ मा सुजुकी

1
1.1K Shares

सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले माघ २५ देखि २७ गतेसम्म देशभर ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जाडो मौसमका कारण सवारीसाधनमा देखिन सक्ने प्राविधिक समस्यालाई ध्यानमा राख्दै कम्पनीले उक्त क्याम्प सञ्चालन गर्न लागेको जनाएको हो ।

चिसो मौसममा पनि गाडीको कार्यक्षमता दुरुस्त राख्न र सम्भावित जोखिम न्यूनिकरण गर्न सवारी जाँच गराउनुपर्नेमा कम्पनीले जोड दिएको छ । क्याम्पअन्तर्गत सुजुकीका ग्राहकले निःशुल्क सवारी जाँच, मर्मत–सम्भारमा विशेष छुट तथा जाडो मौसममा गाडी सुरक्षित राख्ने विषयमा प्राविधिक विशेषज्ञबाट परामर्श पाउनेछन्। कम्पनीले सबै सुजुकी गाडीधनीलाई क्याम्पमा सहभागी भई सेवा लिन आग्रह गरेको छ ।

क्याम्प अवधिभर विभिन्न छुट तथा अफरका साथै आकर्षक उपहार जित्ने अवसर पनि प्रदान गरिनेछ । सहभागी ग्राहकहरूमध्ये आठ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ‘स्टेकेसन प्याकेज’ प्राप्त गर्नेछन् ।

सुजुकीले क्याम्पअन्तर्गत एसी तथा हिटरको निःशुल्क जाँच, ब्याट्रीको निःशुल्क जाँच, एसडीटी (SDT) जाँच तथा सम्पूर्ण गाडीको विस्तृत निरीक्षणको सुविधा उपलब्ध गराएको छ। साथै लेबर चार्जमा २० प्रतिशतसम्म र स्पेयर पार्ट्स तथा इन्जिन आयलमा १० प्रतिशतसम्म छुट प्रदान गरिने जनाएको छ। उक्त क्याम्प नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरमार्फत सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ। हाल देशभर ५४ वटा सर्भिस आउटलेटसहित सुजुकी नेपालकै सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको ब्रान्ड रहेको कम्पनीको भनाइ छ।

1

Scroll to Top