Banijya News

अझै शक्तिशाली र अत्याधुनिक बन्दै आयो TVS Apache RTR 160 4V

1
1.0K Shares

TVS भेन्युको हिस्सा तथा विश्वस्तरमै ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता TVS मोटर कम्पनी  ले नेपाली बजारमा पूर्ण रूपमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक गरेको छ। विगत दुई दशकदेखि रेसिङ प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने प्रतिबद्धताका साथ TVS Apache ले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिनहरू निर्माण गर्दै आएको छ। यसैको फलस्वरूप ब्रान्डको रेसिङ भावनालाई आत्मसात् गर्ने राइडरहरूको एउटा बलियो र भावुक विश्वव्यापी समुदाय निर्माण भएको छ। यो नयाँ संस्करणले मोटरसाइकलको प्रमाणित प्रदर्शन र रेसिङ डीएनए  लाई कायम राख्दै राइडरको सुरक्षा, रात्रिकालीन दृश्यात्मकता र नियन्त्रणलाई अझ सुदृढ बनाउन विशेष केन्द्रित गरेको छ।

TVS रेसिङको ४४ वर्षको ऐतिहासिक विरासत र ट्र्याकबाट प्रेरित TVS Apache ले उच्च प्रदर्शन, गतिशीलता, नवीनता र राइडरको भावनालाई प्रतिनिधित्व गर्दछ। यसको डिजाइनदेखि प्रविधिसम्मका हरेक पक्षहरू रेसट्र्याकको प्रत्यक्ष अनुभवबाट तयार पारिएका हुन्। TVS Apache RTR 160 4V ले आफ्नो श्रेणीमै उत्कृष्ट शक्ति, नियन्त्रण र उन्नत प्रविधिको बेजोड संयोजन प्रदान गर्दछ। रेसिङ इन्जिनियरिङमा आधारित यस मोटरसाइकलले उत्कृष्ट प्रदर्शनका साथै स्पोर्ट, अर्बन र रेन गरी तीन वटा राइट मोडहरू प्रदान गर्दछ, जुन यस सेग्मेन्टमै पहिलो र नवीन विशेषता हो।

काठमाडौँको सतुंगलमा आयोजित एक विशेष समारोहका बीच यो बाइक सार्वजनिक गरिएको हो, जहाँ मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर र बाइक प्रेमीहरूको ठुलो उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूका लागि विशेष राइडिङ सेसन र डेडिकेटेड ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो।

लन्चका अवसरमा बोल्दै TVS मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले नेपाल युवा र गतिशील राइडरहरूको बढ्दो संख्याका कारण TVSM का लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार रहेको बताउनुभयो। यो नयाँ बाइकको आगमनले यस सेग्मेन्टमा कम्पनीको उपस्थितिलाई अझ सुदृढ बनाउने र नयाँ अपग्रेडहरूले राइडरहरूलाई बढी आत्मविश्वास र नियन्त्रण प्रदान गर्ने उहाँको भनाइ थियो।

त्यसैगरी, जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालका युवा राइडरहरूमाझ TVS Apache को बलियो पकड रहेको उल्लेख गर्दै नयाँ मोडलमा रहेका प्रोजेक्टर हेडल्याम्प, USD सस्पेन्सन र TFT क्लस्टर जस्ता फिचर्सले राइडिङ अनुभवलाई उत्कृष्ट बनाउने विश्वास व्यक्त गर्नुभयो। TVS मोटर कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले पनि TVS Apache ले ६० भन्दा बढी देशका ६५ लाखभन्दा बढी राइडरहरूको विश्वास जित्दै १६० सीसी सेग्मेन्टमा आफ्नो बेन्चमार्क कायम राखेको स्पष्ट पार्नुभयो।

यो नयाँ मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ। हाल नेपालका छानिएका डिलरशिपहरूमा उपलब्ध यो बाइक जुलाई २०२६ सम्ममा देशभरको नेटवर्कमा उपलब्ध हुनेछ। यसको एक्स-शोरूम मूल्य नेपाली रु. ४,२९,९००/- तोकिएको छ। १०० वर्षको विश्वासिलो विरासत बोकेको र दिगो गतिशीलतालाई प्रोत्साहन दिँदै ९० भन्दा बढी देशमा उपस्थिति जनाएको TVS मोटर कम्पनी प्रतिष्ठित ‘डेमिङ प्राइज’ जित्ने विश्वकै एक मात्र दुई पाङ्ग्रे कम्पनी हो।

1

Scroll to Top