सुनदहलाई विशेष गन्तव्य बनाउन पहल
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलबार भएको सार्वजनिक समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनै पर्ने बताएका छन् । उनले…

