६६ करोड नोक्सानीमा घोराही सिमेन्ट
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले गत आर्थिक वर्षमा ६६ करोड रुपैयाँ नोक्सानीमा सीमित रहन सफल भएको छ।…

