Banijya News

अर्थनीति

ऋणमुक्त बन्दै नेपाल चिया विकास निगम, १ अर्ब ९ करोडको आम्दानीसँगै आईपीओको तयारी

ऋणमुक्त बन्दै नेपाल चिया विकास निगम, १ अर्ब ९ करोडको आम्दानीसँगै आईपीओको तयारी

नेपालको चिया उद्योगमा पाँच दशक लामो इतिहास बोकेको नेपाल चिया विकास निगम लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यावसायिक उचाइलाई थप सुदृढ […]

दरवाङ–मुना–ढोरपाटन सडक निर्माण सुस्त, बजेट हुँदाहुँदै काममा ढिलाइ

दरवाङ–मुना–ढोरपाटन सडक निर्माण सुस्त, बजेट हुँदाहुँदै काममा ढिलाइ

म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन्। मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने…


  • सार्वजनिक यातायातमा ६० प्रतिशत कर छुटलाई निरन्तरता दिन माग

    सार्वजनिक यातायातमा ६० प्रतिशत कर छुटलाई निरन्तरता दिन माग

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रमा विगतदेखि प्रदान गरिँदै आएको ६० प्रतिशत कर छुटको सुविधालाई निरन्तरता दिन सरकारसँग जोडदार माग गरेको छ। महासंघले हालै यातायात व्यवस्था विभागलाई एक औपचारिक पत्र पठाउँदै विगतमा भएका सहमति र निर्णयहरू कार्यान्वयनमा ढिलाइ भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी वि.सं. २०७६…

  • सामाजिक सञ्जालमा झुटा खबर पोस्ट गर्दै हुनुहुन्छ ? सरकारले थाल्यो निगरानी

    सामाजिक सञ्जालमा झुटा खबर पोस्ट गर्दै हुनुहुन्छ ? सरकारले थाल्यो निगरानी

    पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालमा बढ्दै गएको मिथ्या सूचना र आधारहीन सामग्रीप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कडा आपत्ति प्रकट गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तथ्यहीन र भ्रामक समाचारको बढ्दो प्रवाहले समाजमा नकारात्मक मनोविज्ञान फैलाएको र आम नागरिकलाई भ्रमित पारेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको…

  • प्रभु इन्स्योरेन्सद्वारा जोखिम व्यवस्थापन र प्रविधि विस्तारमा जोड

    प्रभु इन्स्योरेन्सद्वारा जोखिम व्यवस्थापन र प्रविधि विस्तारमा जोड

    प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बिमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै आधुनिक प्रविधिमा आधारित सेवा विस्तारमा जोड दिइएको जानकारी दिए । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ९.१५७९ प्रतिशत लाभांश…

  • गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आईएसओ मान्यता प्राप्त

    गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आईएसओ मान्यता प्राप्त

     गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना सुरक्षा व्यवस्थापनका लागि दुई वटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मानकता प्राप्त आईएसओ प्रमाणपत्रहरू प्राप्त गरेको छ । बैंकले गुणस्तरीय बैंकिङ सेवाका लागि ’आईएसओ ९००१ः२०१५’ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापनका लागि ’आईएसओ २७००१ः२०२२’ प्रमाणपत्र प्राप्त गरेको हो । यससँगै गरिमा विकास बैंक एकैसाथ दुई…

  • राजीनामा दिएका गुरुङ गृह मन्त्रालयबाट बिदा भए

    राजीनामा दिएका गुरुङ गृह मन्त्रालयबाट बिदा भए

    गृहमन्त्री सुधन गुरुङ राजीनामा लगत्तै बुधबार गृह मन्त्रालयबाट बिदा भएका छन् । मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका छन् ।  उनी कर्मचारीहरूसँग संक्षिप्त छलफल गर्दै बिदा भएका हुन् । विवादित व्यापारी दीपक भट्टसँग उनको कनेक्सन देखिएर विवादमा तानिएसँगै उनी राजीनामा दिन बाध्य भएका हुन् ।  उनी मात्र २६ दिन गृह मन्त्रालयको नेतृत्वमा…

  • बैंक तथा वित्तीय संस्थालाई भू-सेवा केन्द्र अनिवार्य, अब मालपोतका काम अनलाइनबाटै

    बैंक तथा वित्तीय संस्थालाई भू-सेवा केन्द्र अनिवार्य, अब मालपोतका काम अनलाइनबाटै

    भूमि व्यवस्थापन तथा अभिलेख विभागले सरकारी सेवालाई पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ मालपोत प्रशासनमा नयाँ र कठोर नियम लागू गरेको छ। विभागद्वारा जारी गरिएको पछिल्लो सूचना अनुसार अब देशभर सञ्चालित सबै बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा 'भू-सेवा केन्द्र' को अनुमति लिनुपर्ने भएको छ। यो कदमको मुख्य उद्देश्य मालपोत…

  • दुई दशमलव ९५ अंकले घट्यो सेयर बजार, सात अर्ब ८१ करोड बराबरको कारोबार

    दुई दशमलव ९५ अंकले घट्यो सेयर बजार, सात अर्ब ८१ करोड बराबरको कारोबार

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा सात…

  • खाद्य गुणस्तर अनुगमन अब स्थानीय तहको जिम्मा, निरीक्षक नियुक्तिको बाटो खुल्यो

    खाद्य गुणस्तर अनुगमन अब स्थानीय तहको जिम्मा, निरीक्षक नियुक्तिको बाटो खुल्यो

    खाद्य वस्तुको गुणस्तर र स्वच्छतामा सुधार ल्याउने उद्देश्यसहित सरकारले बजार अनुगमन तथा नियमनको जिम्मेवारी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ कार्यान्वयनलाई प्रभावकारी बनाउँदै यस्तो व्यवस्था लागू गर्न पहल थालेको हो। नयाँ व्यवस्थाअनुसार अब प्रदेश…

  • देशभर ५४८ किमी सडक कालोपत्रे, लक्ष्यतर्फ आधा नजिक प्रगति

    देशभर ५४८ किमी सडक कालोपत्रे, लक्ष्यतर्फ आधा नजिक प्रगति

    चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिकसम्म देशभर सडक पूर्वाधार विस्तारमा उल्लेख्य प्रगति देखिएको छ। सडक विभाग का अनुसार साउनदेखि चैत मसान्तसम्म कुल ५४८ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भएको छ, जसले वार्षिक लक्ष्य हासिलतर्फ सकारात्मक संकेत दिएको छ। सडक विभागले चालु आर्थिक वर्षको तीन चौथाइ अवधिमा लक्ष्यअनुसारको प्रगति हासिल गरेको…

  • पुँजी बजारमा आबद्ध व्यवसायीको गतिविधिले सेयर बजारको पारदर्शितामा प्रश्न

    पुँजी बजारमा आबद्ध व्यवसायीको गतिविधिले सेयर बजारको पारदर्शितामा प्रश्न

    नेपालको पुँजी बजार पछिल्लो समय गम्भीर अनियमितता, मिलेमतो र कानुनी छिद्रको दुरुपयोगका घटनाले प्रभावित बन्दै गएको तथ्य पछिल्ला छानबिन प्रतिवेदनहरूले उजागर गरेका छन्। विशेषगरी विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल तथा उनीहरूसँग आबद्ध अन्य व्यवसायीहरूको गतिविधिले सेयर बजारको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)…

Scroll to Top