सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक ठाकुर तानिए मन्त्रालय, किनेका थिए श्रीमतीको नाममा शेयर
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरलाई पदबाट हटाएर अर्थ मन्त्रालयमा तानिएको छ। बिहीबार मन्त्रालयको निर्णयअनुसार उनलाई हालका लागि कुनै जिम्मेवारी नदिई जगेडामा राखिएको हो। स्रोतका अनुसार विभागअन्तर्गत चलिरहेको एक संवेदनशील अनुसन्धानसँग जोडिएको स्वार्थको द्वन्द्व देखिएपछि यस्तो निर्णय लिइएको हो। गत असोज महिनादेखि विभागको नेतृत्व सम्हाल्दै आएका ठाकुरमाथि हाल…

