लक्ष्मी टेक्नोप्लास्टले तीन महिनासम्मको आफ्नो बिक्रीको १ प्रतिशत पुनर्निर्माणका लागि योगदान गर्ने
हालैका आन्दोलनका क्रममा देशका विभिन्न भौतिक संरचनामा भएको ठूलो क्षतिको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले सहयोग गर्ने घोषणा गरेको छ। ओम शिवम पाइप्स एन्ड फिटिङ्स र मेरीगोल्ड फर्निचरको मातहतमा रहेको यस कम्पनीले आगामी तीन महिनासम्मको आफ्नो कुल बिक्रीको १ प्रतिशत रकम राष्ट्र पुनर्निर्माणका लागि योगदान गर्ने घोषणा गरेको हो। ‘हाम्रा संरचना…

