Banijya News

समाचार

मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान

मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान

मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदीले मंगलबार नेपालको संविधानको धारा १६८ उपधारा (२) बमोजिम […]

पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ। असोज २७ गते (सोमबार) केन्द्रीय बैंकले दुवै संस्थालाई पत्र पठाउँदै मर्जरको उद्देश्यका लागि आवश्यक कार्य अगाडि बढाउन सैद्धान्तिक अनुमति दिएको हो। दुवै फाइनान्स कम्पनीबीच गत साउन ४ गते आपसी मर्जर सम्बन्धी समझदारी भएको…


  • सभामुखले संसद् पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने

    सभामुखले संसद् पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने

    सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् । संसद् पुनर्स्थापनाका विषयमा छलफल गर्न सभामुख घिमिरेले भोलि (बुधबार) बिहान ९ बजे दलहरूलाई बोलाएका हुन् । छलफलका लागि सभामुखले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बाेलाएका छन् । छलफलमा विघटित संसद्का प्रमुख…

  • मेरो घरमा पैसा जलेको भिडियो फेक हो: शेरबहादुर देउवा

    मेरो घरमा पैसा जलेको भिडियो फेक हो: शेरबहादुर देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'फेक भिडियो' बनाएर भ्रम फैलाइएको बताएका छन् । आज कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफ्नो घरमा 'पैसा जलेको' भिडियोलाई फेक बताएका हुन् । "अहिले जुन भिडियो आएको छ, त्यो फेक हो । फेक भिडियो बनाएर मेरो खिलाफमा काम भएको कुरा अहिले सामाजिक सञ्जाल आइसकेको…

  • पुँजी बजार सुधार गर्न सेबाेनले ल्यायो ९ बुँदे कार्ययोजना

    पुँजी बजार सुधार गर्न सेबाेनले ल्यायो ९ बुँदे कार्ययोजना

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजार सुधार सुझाव कार्यदलले सिफारिस गरेको तत्काल गर्नुपर्ने कार्यको कार्यान्वयन कार्ययोजना ल्याएको छ । सेबोनले तत्काल कार्यान्वयन गर्नुपर्ने सुधारका लागि ९ बुँदे कार्ययोजना ल्याएको हो । सेबोनका अनुसार कार्ययोजनामा कार्यान्वयनका लागि ढिलोमा मंसिर १५ सम्म समयसीमा तोकिएको छ । केही कार्ययोजनाहरु तुरुन्तै कार्यान्वयनमा लैजाने समेत…

  • मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

    मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

    नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व संकलन भएको हो । यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै…

  • Default Image

    कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

    स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण ९रिफर० आवश्यक नपर्ने जनाएको छ । बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका…

  • हमासले फिर्ता गरेका चार बन्धकमध्ये विपीन जोशीसहितको शव पहिचान

    हमासले फिर्ता गरेका चार बन्धकमध्ये विपीन जोशीसहितको शव पहिचान

    इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका ४ जना बन्धकमध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ । अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन । इजरायली सेनाले एक विज्ञप्तिमा २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७…

  • सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको साढे १० अर्ब रुपैयाँ निकासा

    सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको साढे १० अर्ब रुपैयाँ निकासा

    लामो समयदेखि रोकिएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको रकम सरकारले एकैपटक निकासा गरेको छ । विगत २ वर्षदेखि राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई शोधभर्ना दिन बाँकी रहेको ब्याज अनुदानको साढे १० अर्ब रुपैयाँ एकैपटक भुक्तानी भएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सम्बन्धित बैंकहरूको खातामा उक्त रकम पठाएको हो ।…

  • भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

    भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीका लगाउन उत्तम समय रहेको छ। समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए अनुसार, धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय…

  • यातायात विभागमा आगजनी बाट ५ अर्ब बढीको क्षति, कसरी हुँदैछ पुनर्स्थापना ?

    यातायात विभागमा आगजनी बाट ५ अर्ब बढीको क्षति, कसरी हुँदैछ पुनर्स्थापना ?

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीको मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीले कार्यालयलाई भग्नावशेषमा परिणत गरेको छ। यस घटनाले विभागलाई भौतिक तथा वित्तीय रूपमा ठूलो धक्का पुर्‍याएको छ, जसबाट ५ अर्बभन्दा बढीको नोक्सानी भएको यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिएका छन्। आगजनीका कारण…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार तीन खर्बमा खुम्चियो

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार तीन खर्बमा खुम्चियो

    मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । कारोबार खुल्दा केही बेर बजार बढे पनि आधा घण्टामै ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको भयो ।…

Scroll to Top