अजाया र युएईको अल अली ग्रुपबीच साझेदारी
हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारी सुरु गरेका छन् । अजाया ब्रान्डलाई विश्वबजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समझदारीले विज्ञता र लगानीलाई एकैठाउँमा ल्याएकाले अजायाले छोटो समयमै विश्वबजारमा पहिचान बनाउने अपेक्षा गरिएको…

