Banijya News

समाचार

जेन–जी आन्दोलनले क्षतिग्रस्त उर्जा मन्त्रालय पुनर्निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता

जेन–जी आन्दोलनले क्षतिग्रस्त उर्जा मन्त्रालय पुनर्निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उर्जा मन्त्रालयको मर्मतसम्भारको जिम्मा निजी क्षेत्रले लिने प्रस्ताव राखेको छ […]

संविधान दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)

संविधान दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, आदरणीय दिदीबहिनी एवं दाजुभाइहरू, आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिहरूको संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा उत्साहपूर्वक मनाउँदैछौं। सङ्घीय…


  • संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो…

  • जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ: प्रचण्ड

    जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ: प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताएका छन्। संविधान दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनभावना के छ भन्ने कुरा पार्टी र नेतृत्वलाई थाहा भएको र सो अनुसार क्रमभंग गर्न तयार रहेको बताएका हुन्। 'के गरी जनभावना सम्बोधन गर्ने…

  • सुमना र हरि ढकालबीच जुम मिटिङमा यसरी भएको थियो भनाभन !

    सुमना र हरि ढकालबीच जुम मिटिङमा यसरी भएको थियो भनाभन !

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लामो समयदेखि असन्तुष्ट रहँदै आएकी सांसद सुमना श्रेष्ठले अन्ततः पार्टी परित्याग गरेकी छन्। पार्टी त्याग्ने उनको निर्णय हालै सभापति रवि लामिछानेको रिहाइ प्रकरणसँग जोडिएको स्रोतले जनाएको छ। जेन–जी आन्दोलनका क्रममा लामिछानेलाई कार्यकर्ताहरुको दवावपछि कारागारबाट बाहिर ल्याइएको थियो। त्यस क्रममा उनलाई प्रशासनबाट दिइएको पत्र र त्यसपछिको…

  • आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५२०…

  • सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन: ओली

    सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन: ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ताकी–ताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले आफूले राजीनामा दिएपछि छानी–छानी सार्वजनिक तथा निजी सम्पत्ति, नेताका घरलगायतमा आगजनी र तोडफोड गरी क्षति गरिएको उल्लेख गरे । जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको…

  • भौतिक पूर्वाधार र सहरी विकास सहित अन्य जीर्ण आयोजनाको ठेक्का तोडिने

    भौतिक पूर्वाधार र सहरी विकास सहित अन्य जीर्ण आयोजनाको ठेक्का तोडिने

    लामो समयदेखि काम नगरी अलपत्र पारिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। मन्त्री कुलमान घिसिङले बिहीबार सिंहदरबारमा तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखसँगको बैठकमा जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका हुन्। उनले तोकिएको समयमै गुणस्तरीय…

  • राष्ट्र बैंकले ८५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    राष्ट्र बैंकले ८५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि…

  • दोस्रो सार्वभौम साख मूल्याङ्कन तत्कालका लागि स्थगित

    दोस्रो सार्वभौम साख मूल्याङ्कन तत्कालका लागि स्थगित

    मुलुकले गराउन लागेको दोस्रो सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) तत्काल स्थगित भएको छ । अर्थ मन्त्रालयका अनुसार जेन–जी आन्दोलनका कारण अन्तर्राष्ट्रिय एजेन्सी फिचले गर्ने तयारीमा रहेको नेपालको क्रेडिट रेटिङ प्रक्रिया अनिश्चितकालका लागि रोकिएको हो । फिचको टोलीले भदौ २३ र २४ गते नेपाल भ्रमण गरी प्रत्यक्ष अवस्था अध्ययन गर्ने…

  • संसद् सञ्चालनको तिन वर्षमा तलब–भत्तामा मात्रै तीन अर्ब २१ करोड खर्च

    संसद् सञ्चालनको तिन वर्षमा तलब–भत्तामा मात्रै तीन अर्ब २१ करोड खर्च

    संघीय संसद् सञ्चालनको तीन वर्षे अवधिमा सांसद तथा पदाधिकारीहरूको तलब–भत्ता, सचिवालय व्यवस्थापन र भवन भाडासहित तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढी खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । यो रकममा संसद् सचिवालयको नियमित प्रशासनिक खर्च भने समावेश गरिएको छैन । संसद् सचिवालयको तथ्यांकअनुसार २०७९ पुसदेखि २०८२ भदौसम्म पदाधिकारी, सदस्य र…

  • देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

    देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको’ भन्ने समाचारलाई कपोकल्पित र भ्रामक भएकाे दाबी गरेकाे छ । सचिवालयले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली…

Scroll to Top