कर्मचारीको सरुवाले कम्पनी रजिष्ट्रार कार्यालयमा सेवा प्रवाहमा समस्या
कम्पनी रजिष्ट्रारको कार्यालयमा एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा भएपछि सेवा प्रवाहमा अवरोध आएको छ। सेवाग्राहीलाई दुःख दिएको र अनियमिततामा संलग्न भएको आरोपमा सरकारले दर्जनौं कर्मचारीलाई सरुवा गरेको हो। तर, नयाँ कर्मचारीहरूलाई कार्यालयको प्रणालीबारे जानकारी नहुनु र उनीहरूको डिजिटल हस्ताक्षर तत्काल तयार नहुँदा सेवाग्राहीहरू थप सास्ती भोग्न बाध्य भएका छन्। यस…

