Banijya News

समाचार

काँकडभिट्टा नाकाबाट झण्डै २० अर्बको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टा नाकाबाट झण्डै २० अर्बको पेट्रोलियम पदार्थ आयात

गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकडभिट्टाबाट रु १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ […]

गभर्नर पौडेललाई पदमुक्त गर्न माग गर्दै अख्तियारमा उजुरी

गभर्नर पौडेललाई पदमुक्त गर्न माग गर्दै अख्तियारमा उजुरी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदमुक्त गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध विषय विज्ञता नभएको व्यक्तिलाई कानुन र प्रक्रिया मिचेर गभर्नर नियुक्ति गरिएको भन्दै छानविनको माग गर्दै उजुरी परेको हो । राष्ट्रभक्त नेपालीको नामबाट साउन ४ मा नै अख्तियारमा उजुरी परेको हो…


  • पछिल्लो नौ वर्षमा लगानीकर्ताले सरकारलाई तिरे ५३ अर्ब पुँजीगत लाभकर

    पछिल्लो नौ वर्षमा लगानीकर्ताले सरकारलाई तिरे ५३ अर्ब पुँजीगत लाभकर

    सेयर कारोबार गर्ने लगानीकर्ताले पछिल्लो ९ वर्षमा सरकारलाई आधा खर्ब अर्थात, ५३ अर्ब ६ करोड रुपैयाँ भन्दा धेरै रकम पुँजीगत लाभकर बुझाएका छन् । गत आर्थिक वर्ष (२०८१-८२) मा मात्रै लगानीकर्ताले १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ बराबरको रकम सरकारलाई बुझाएका छन् । यो हालसम्मकै उच्च हो । सेयर…

  • तोलामा २४ सयले घट्यो सुनको सुनको मुल्य

    तोलामा २४ सयले घट्यो सुनको सुनको मुल्य

    स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा सुन २४ सय रूपैयाँले घटेको हो। बुधबार तोलाको एक लाख ९७ हजार ६ सय रूपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य पनि घटेको…

  • गत एक वर्षमा सपोर्ट लघुवित्तले कमायो पाँच करोड ११ लाख रुपैयाँ खुद नाफा

    गत एक वर्षमा सपोर्ट लघुवित्तले कमायो पाँच करोड ११ लाख रुपैयाँ खुद नाफा

    सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा उच्च वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरको गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १४१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले अघिल्लो आवमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा ५ करोड ११…

  • आकर्षक सुविधासहित बीवाइडी सिलायन सेभेन आजदेखि विक्रीमा, कति छ मूल्य ?

    आकर्षक सुविधासहित बीवाइडी सिलायन सेभेन आजदेखि विक्रीमा, कति छ मूल्य ?

    नेपाली बजारको लागि बीवाइडीको दोस्रो एसयूभी सिलायन-सेभेनको आजबाट बिक्री सुरू हुने भएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बीवाइडीको दोस्रो एसयूभीको रूपमा सिलायनको बिक्री थाल्न लागेको हो । यसअघि एटो-थ्री एसयूभी बिक्री गर्दै आएको कम्पनीको लाइनअपमा दोस्रो एसयूभी थपिएको हो । कम्पनीले जुलाई ४ तारिखमै यसको…

  • नाइमाद्वारा मिडिया रजिस्ट्रेसन प्रक्रिया सुरु

    नाइमाद्वारा मिडिया रजिस्ट्रेसन प्रक्रिया सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ तथा आगामी सम्पूर्ण कार्यक्रमहरूमा मिडियाकर्मीहरूको सहज पहुँच र सहकार्यलाई सुनिश्चित गर्न मिडिया रजिस्ट्रेसन प्रक्रिया अघि बढाएको छ। यस प्रक्रिया अन्तर्गत मिडिया हाउसका प्रतिनिधिहरूको विवरण एक पटक संकलन गरिनेछ। प्राप्त विवरणका आधारमा मिडिया हाउसहरूलाई नाइमाका कार्यक्रमहरूमा मिडिया पास…

  • वीरगञ्ज नाकाबाट गत एक वर्षमा सवा छ खर्बको आयात

    वीरगञ्ज नाकाबाट गत एक वर्षमा सवा छ खर्बको आयात

    वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो । गत…

  • एमआरपी कार्यान्वयनमा देखिएको अन्योलबारे नेपाल चेम्बर अफ कमर्सद्वारा सरकारको ध्यानाकर्षण

    एमआरपी कार्यान्वयनमा देखिएको अन्योलबारे नेपाल चेम्बर अफ कमर्सद्वारा सरकारको ध्यानाकर्षण

    नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्यएमआरपी कार्यान्वयनमा देखिएका समस्या र यसले उपभोक्ता तथा व्यवसायीहरूमा पारेको असरबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। चेम्बरले एमआरपी कार्यान्वयनमा देखिएको अन्योलता र पर्याप्त जनचेतनाको अभावले आम उपभोक्तामा परेको असरबारे सरकारको ध्यानाकर्षण गराएको हो। काठमाडौँको जमलस्थित…

  • सामाजिक सुरक्षा कोषबाट श्रमिकहरूले लिए सात अर्ब बढी ऋण

    सामाजिक सुरक्षा कोषबाट श्रमिकहरूले लिए सात अर्ब बढी ऋण

    योगदानमा आधारित समाजिक सुरक्षा कोषबाट योगदानकर्ता श्रमिकहरूले विभिन्न शीर्षकमा सात अर्ब चार करोड ऋण लिएका छन्। विभिन्न शीर्षकमा हालसम्म कुल ३४ हजार ९७ योगदानकर्ताले उक्त ऋण लिएका हुन्। सामाजिक सुरक्षा कोषले योगदानकर्ता विशेष सापटी, घर सापटी, शैक्षिक सापटी लगायत शीर्षकमा ऋण प्रदान गर्दै आएको छ। योगदानकर्ता सापटी अन्तर्गत विशेष सापटी…

  • नवलपरासीमा २ अर्ब १६ करोडको लगानीमा होटल बन्दै

    नवलपरासीमा २ अर्ब १६ करोडको लगानीमा होटल बन्दै

    नवलपरासीको सुनवलमा २ अर्ब रुपैयाँ बढी लगानीमा होटल बन्ने भएको छ । होटल महमाया क्राउन प्रालिले नवलपरासीमा २ अर्ब १५ करोड ८० लाख रुपैयाँ लगानीमा होटल बनाउने भएको हो । सन् २०२४ को डिसेम्बरमा स्थापना भएको कम्पनीले १० हेक्टर क्षेत्रफलमा होटल निर्माण गर्ने भएको हो । ८२ वटा कोठाको सुविधासहितको…

  • विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । यसका साथै यस सम्बन्धमा विश्व बैकसँग वार्ता गर्न…

Scroll to Top