Banijya News

समाचार

प्रतिनिधिसभामा आजपनि बजेटमाथिको छलफलले निरन्तरता पाउँने

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको […]

देशको व्यापार घाटा १४ खर्ब पुग्यो, १८ खर्बको वैदेशिक व्यापार

देशको व्यापार घाटा १४ खर्ब पुग्यो, १८ खर्बको वैदेशिक व्यापार

चालु वर्षको ११ महिना (जेठ मसान्तसम्म) को अवधिमा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । आयात निर्यात बढेसँगै वैदेशिक व्यापार बढेको छ भने देशको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को…


  • पछिल्लो ११ महिनामा डिजेल आयातमा १० खर्ब भन्दा कम रकम खर्च

    पछिल्लो ११ महिनामा डिजेल आयातमा १० खर्ब भन्दा कम रकम खर्च

    चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोल र डिजेल आयातमा कमी आएको छ। भन्सार विभागका अनुसार, यस अवधिमा डिजेल र पेट्रोलको कुल आयात रकम करिब एक खर्ब ७४ अर्ब ९९ करोड रुपैयाँ मात्र रहेको छ, जुन गत वर्षको सोही अवधिको एक खर्ब ९२ अर्ब आठ करोड रुपैयाँको आयातभन्दा कम हो। जेठ…

  • पछिल्लो ११ महिनामै साढे २ खर्बको वस्तु निर्यात

    पछिल्लो ११ महिनामै साढे २ खर्बको वस्तु निर्यात

    चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा ऐतिहासिक उछाल देखिएको छ। साउनदेखि जेठ महिनासम्मको ११ महिनाको अवधिमा नेपालले करिब २ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशतले बढी हो। भन्सार विभागको तथ्यांकअनुसार, यो वृद्धि दर पछिल्ला केही दशकयताकै उच्च हो। योसँगै…

  • कर्णालीका ७९ स्थानीय तहलाई ४ अर्ब ५९ करोड अनुदान

    कर्णालीका ७९ स्थानीय तहलाई ४ अर्ब ५९ करोड अनुदान

    कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशभित्रका ७९ वटा स्थानीय तहलाई चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ अनुदान स्वरूप उपलब्ध गराउने भएको छ। उक्त रकम अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत वितरण गरिने प्रदेश सरकारले जनाएको छ। चार प्रकारका शीर्षकमा रकम बाँडफाँड…

  • एमआरपी उल्लंघन गर्ने ९२ कम्पनीलाई एक करोडभन्दा बढी जरिवाना

    एमआरपी उल्लंघन गर्ने ९२ कम्पनीलाई एक करोडभन्दा बढी जरिवाना

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी)को कार्यान्वयनमा कडाइ गर्ने स्पष्ट सन्देश दिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सबै उपभोक्तालाई वस्तुमा स्पष्ट मूल्य जानकारी दिने व्यवस्था कार्यान्वयन गर्न विभागले पुनः अडान दोहोर्‍याएको हो। शुक्रबार जारी विज्ञप्तिमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उत्पादक तथा पैठारीकर्तालाई नेपाली वा अङ्ग्रेजी…

  • ढोरपाटनले नेपाललाई ‘ऋणमुक्त देश’ बनाउन संघ सरकारलाई पाँच लाख सहयोग गर्ने

    ढोरपाटनले नेपाललाई ‘ऋणमुक्त देश’ बनाउन संघ सरकारलाई पाँच लाख सहयोग गर्ने

    बागलुङको ढोरपाटन नगरपालिकाले संघीय सरकारको सार्वजनिक ऋण तिर्ने उद्देश्यले पाँच लाख रुपैयाँको विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगर उपप्रमुख धनबहादुर कायतले सार्वजनिक बजेट प्रस्तुत गर्दै, ‘ऋणमुक्त राष्ट्र’ निर्माणको सन्देशसहित यस्तो निर्णय सुनाएका हुन्। उपप्रमुख कायतका अनुसार, ढोरपाटन नगरपालिकाले आफ्नो दायित्व बोध गर्दै देशको ऋण घटाउने अभियानमा…

  • Default Image

    रोपाइँअघि भित्रियो १८ हजार टन युरिया मल

    रोपाइँको मौसम सुरु हुन लाग्दा नेपालमा युरिया मलको आपूर्ति सक्रिय रूपमा भइरहेको छ। हालै साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले आयात गरेको युरिया मल वीरगन्ज नाका हुँदै भित्रिन थालेको हो। यी दुई संस्थानले ग्लोबल टेन्डरमार्फत युरिया आपूर्ति गर्ने जिम्मा पाएका थिए, जसअनुसार सन इन्टरनेसनल नामक कम्पनीले मल आपूर्ति गरिरहेको…

  • पछिल्लो एघार महिनामा ९.३३ प्रतिशतले राजस्व वृद्धि

    पछिल्लो एघार महिनामा ९.३३ प्रतिशतले राजस्व वृद्धि

    चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा आन्तरिक राजस्व संकलनमा सकारात्मक सुधार देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार जेठ मसान्तसम्म चार खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.३३ प्रतिशतले बढी हो। तर, संस्थागत आयकर संकलनमा भने गिरावट देखिएको छ। सरकारी स्वामित्वका संस्थानहरूको…

  • सूचना प्रविधि उद्योगलाई विदेशमा लगानीको बाटो खुल्यो

    सूचना प्रविधि उद्योगलाई विदेशमा लगानीको बाटो खुल्यो

    सूचना प्रविधि उद्योगले विदेशीमा लगानीको लागि बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को चौथो संशोधन मार्फत सूचना प्रविधि उद्योगलाई विदेशी लगानीका लागि बाटो खोलिदिएको हो । यो व्यवस्थाअनुसार सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलर वा त्यो बराबरको विदेशी मुद्रासम्म विदेशमा…

  • खराब कर्जा २.४८% पुग्दा सुक्ष्म निगरानी कर्जा ११.८० प्रतिशत

    खराब कर्जा २.४८% पुग्दा सुक्ष्म निगरानी कर्जा ११.८० प्रतिशत

    नेपालका बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तर सरकारी तथ्यांकमा देखिएभन्दा पनि गम्भीर समस्याको संकेत दिन थालेको छ। कोभिड महामारीपछिको कालखण्डमा कर्जा भुक्तानीको म्याद पटक–पटक बढाउने, पुनर्तालिकीकरणको सुविधा दिने लगायतका व्यवस्थाले ऋण अनुशासनमा समस्या सिर्जना गरेको देखिन्छ। यसले गर्दा बैंकहरूमा कर्जा भुक्तानी समयमै हुन नसकी त्रैमासिक मूल्यांकनको अन्तिम समय पर्खनुपर्ने अवस्था…

  • मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

    मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

    मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्ततु बजेटमा स्थानीय तहका लागि रु. दुई अर्ब विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आव ०८२/८३ का लागि ल्याएको बजेटमार्फत प्रदेशभित्रका स्थानीय तहलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सहिद परिवार, पूर्वाधार निर्माणलगायत शीर्षकमा करिब रु. दुई अर्बको बजेट विनियोजन गरेको…

Scroll to Top