Banijya News

समाचार

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप […]

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा पहल गर्नुपर्ने बताएका छन्। काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा आज रैथाने मेलाको अवलोकनका क्रममा सभामुख अर्यालले रैथाने बालीको प्रवर्द्धनमा सरकारले अझ ध्यान दिनुपर्ने बताएका हुन्। अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले…


  • उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेटघाट

    उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेटघाट

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबिचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।

  • तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण

    तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण

    तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ ।…

  • साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

    साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

    युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्म जयन्तीका अवसरमा आइतबार बेनीमा आयोजित कार्यक्रममा साहित्यको विकास, विस्तार र प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने सुझाव दिइएको…

  • महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा दुई जना सम्मानित

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा दुई जना सम्मानित

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन् । नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुई जनालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य,…

  • सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रम आवेदनमा किन भयो ढिलाइ ?

    सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रम आवेदनमा किन भयो ढिलाइ ?

    नयाँ सोच, प्रविधि र सिर्जनशीलतालाई व्यावसायिक उद्यममा रूपान्तरण गर्न सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रम चालु आर्थिक वर्षमा ढिलाइ भएको छ । विगतका वर्षहरूमा भदौ तथा असोजमै आवेदन खुल्ने गरेकोमा यस वर्ष कात्तिक मसान्तसम्म पनि प्रक्रिया सुरु हुन सकेको छैन । यद्यपि, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंसिरको…

  • कति छ विदेशी मुद्राको विनिमय दर ?

    कति छ विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ…

  • बहिनीले आफ्नै दाइको बच्चा जन्माइदिइन्

    बहिनीले आफ्नै दाइको बच्चा जन्माइदिइन्

    आफ्नै दाइको सन्तान जन्माउन बहिनीले सरोगेसी अर्थात् भाडाको कोख उपलब्ध गराएको घटना सार्वजनिक भएको छ । अमेरिकाको वासिङ्टनमा २७ वर्षीया एक युवतीले आफ्नै दाइ र भाउजूको पाँचौँ सन्तानलाई जन्म दिएर परिवारको इच्छा पूरा गरिदिएकी हुन् । सामान्यतया हाम्रो समाजमा सहोदर दाइको बच्चा आफ्नै गर्भमा हुर्काएर जन्माउने कुरा असामान्य मानिन्छ ।…

  • केराका बोट, आम्दानीको स्रोत

    केराका बोट, आम्दानीको स्रोत

    मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो । पर्वका अवसरमा केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा…

  • रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

    रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

    ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका-११ की देवीकुमारी दाहालले पालेका १५० घारका मौरी रोग लगेपछि मरेका छन् । अब उहाँको ५० घारमा मात्र मौरी बाँकी छन् । अठार वर्षअघि रु एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालन सुरु गर्नुभएकी उहाँको समूहसँग कुनै बेला ९०० सम्म मौरीका घार थिए ।…

  • रुसी आक्रमणपछि युक्रेनमा ऊर्जा संकट गहिरियो, ६ लाखभन्दा बढी नागरिक अन्धकारमा

    रुसी आक्रमणपछि युक्रेनमा ऊर्जा संकट गहिरियो, ६ लाखभन्दा बढी नागरिक अन्धकारमा

    रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी नयाँ आक्रमण सुरु गरेपछि त्यहाँ विद्युत् आपूर्ति प्रणाली नराम्ररी प्रभावित भएको छ । रुसी आक्रमणका कारण युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रमा मात्रै ६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि सर्वसाधारणको दैनिक जीवन प्रभावित हुनुका साथै अस्पताललगायत अत्यावश्यक सेवासमेत वैकल्पिक ऊर्जाको भरमा…

Scroll to Top