डिजिटल यात्रा र नीतिगत सुधारमा उद्योग मन्त्रालयको सय दिने गति
मन्त्रालयले आफ्नो १०० दिने कार्यकालमा औद्योगिक र व्यापारिक वातावरण सुधारका लागि महत्त्वपूर्ण कानुनी जग बसालेको छ । जसअन्तर्गत नयाँ कम्पनी विधेयक र खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकको मस्यौदा तयार गरी स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाइएको छ । यसैगरी, ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्धन रणनीति, २०८३’ लाई मन्त्रिपरिषद्मा स्वीकृतिको चरणमा पुर्याइएको…

