Banijya News

राजनीति

केपी ओली र रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीद्धारा अस्वीकार, सुरक्षा हाइ अलर्टमा

केपी ओली र रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीद्धारा अस्वीकार, सुरक्षा हाइ अलर्टमा

हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध किटानी जाहेरी लिएर काठमाडौं जिल्ला […]

दसैँमा टीका ग्रहण नगर्ने प्रधानमन्त्रीले भेट्दैछिन् आन्दोलनका मृतकका परिवार

दसैँमा टीका ग्रहण नगर्ने प्रधानमन्त्रीले भेट्दैछिन् आन्दोलनका मृतकका परिवार

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन् । आज प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्नेछिन् । बिहीबार दिउँसो पौने तीन बजेदेखि ३ बजेसम्म उनको परिवारलाई वनस्थली गएरै कार्कीले भेट्ने समय…


  • राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

    राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

    राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

  • अमेरिकी खर्च विधेयक पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प

    अमेरिकी खर्च विधेयक पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प

    अमेरिकी सरकारको खर्च विधेयक सिनेटमा पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प भएको छ। डेमोक्र्याटहरूले प्रस्तुत गरेको खर्च विधेयकको पक्षमा ४७ र विपक्षमा ५३ मत खसेको थियो भने रिपब्लिकनहरूले पेस गरेको विधेयक पनि ५५–४५ मतले अस्वीकृत भएको हो। सरकारी खर्चका लागि आवश्यक बजेट पारित नहुँदा सरकारी एजेन्सीहरू चलाउन पैसाको अभाव भएको…

  • जेनजीको वार्ता टोली घोषणा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुख्य एजेण्डा

    जेनजीको वार्ता टोली घोषणा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुख्य एजेण्डा

    जेनजीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो । वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना,…

  • एमाले सचिवालय बैठक भक्तपुरमा सुरु: जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल

    एमाले सचिवालय बैठक भक्तपुरमा सुरु: जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल

    नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। 'जेनजी' आन्दोलनले निम्त्याएको राजनीतिक उथलपुथलपछि विकसित घटनाक्रमबारे छलफल गर्न यो बैठक बोलाइएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी निवास रहेको गुण्डुमै बैठक राखेका छन्। आन्दोलनबाट सत्ता गुमाएपछि एमालेको सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो। बैठकमा हालैको आन्दोलन, सत्ता…

  • जेनजी युवाकाे आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

    जेनजी युवाकाे आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

    नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्नेछ । बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र…

  • शिक्षकको तलब रोकेको भन्दै पालिकाहरुलाई मन्त्री पुनको अल्टिमेटम

    शिक्षकको तलब रोकेको भन्दै पालिकाहरुलाई मन्त्री पुनको अल्टिमेटम

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकहरूलाई दशैं–तिहारको तलब रोकेको भन्दै सम्बन्धित पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भोलिसम्ममा तलब निकासा नगरेमा पालिकाहरूलाई नियमअनुसार कारबाही गर्ने जनाएका छन् । यसअघि मन्त्री पुनले विद्यालयका प्रधानाध्यापकले शिक्षकको तलब रोकेको भन्दै कारबाहीको चेतावनी दिएका थिए । तर, शिक्षकलाई तलब प्रधानाध्यापकले नभएर…

  • प्रधानमन्त्री कार्कीका नाममा कुनै पनि सामाजिक सञ्जाल छैन : प्रधानमन्त्री कार्यालय

    प्रधानमन्त्री कार्कीका नाममा कुनै पनि सामाजिक सञ्जाल छैन : प्रधानमन्त्री कार्यालय

    प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ। “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार,पोष्टहरू गरेको पाइएको हुँदा…

  • राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

    राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका हुन् । निरीक्षणपछि गृहमन्त्री अर्यालले पत्रकारसित भनेका छन्, “सबै फाइलको 'ब्रेक थ्रू' हुन्छ…

  • आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मात्र मतदान गर्न पाउने

    आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मात्र मतदान गर्न पाउने

    निर्वाचन आयोगले आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले आउँदो प्रतिनिधिसभा चुनावमा मतदान गर्न पाउने जनाएको छ । आयोगले प्रेस विज्ञप्ति निकाल्दै १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाएको हो । नेपालको संविधानको धारा ८४ को उपधारा ५…

  • प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

    प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

    प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रदेश समन्वय परिषद्को बैठक यथाशीघ्र बोलाई…

Scroll to Top