बालेन र रविबीच एउटै पार्टी बनाएर अघि बढ्ने र शक्ति बाँडफाँट कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । सोही छलफल अन्तर्गत कमलपोखरी बसाइको प्रबन्ध मिलाइएको थियो ।
सो बसाइमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी बनेको उनीहरु निकट स्रोतको भनाइ छ ।
स्रोतका अनुसार बालेन रास्वपाको घण्टी चुनाव चिह्नलाई स्वीकार्न पनि तयार देखिएका छन् तर पार्टीको नाममा भने छलफल जारी छ । मिल्न बाँकी थप विषयमा निरन्तर छलफल जारी राख्ने समझदारी उनीहरुबीच भएको छ ।
बालेनसँग एकता र शक्ति बाँडफाँटमा रवि लचिलो देखिएका छन् । भैरहवा कारागारबाट मुक्त भएपछि चितवनको चौबिसकोठीमा आयोजित सार्वजनिक कार्यक्रममै रविले देश बन्ने सर्तमा आफू सबै त्याग्न तयार रहेको बताएका थिए ।


