शान्तिसुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षालाई बलियो बनाउन अपिल गरेको छ । आज एक विज्ञप्तिमार्फत आयोगले अहिलेका गतिविधिले आगामी दिनमा शान्ति सुरक्षामा पर्न सक्ने प्रभाव र मानव अधिकारको उपभोगमा आउन सक्ने अवरोधका घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । आयोगले शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च…

