Banijya News

नेपाल बैंक र खल्तीको सहकार्यमा ‘लिंक, लोड एण्ड विथड्र–वीन रिवार्डस्’ अभियान सञ्चालनमा

1
1.1K Shares

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यसहित खल्ती वाइ आइएमईसँगको सहकार्यमा ‘लिंक, लोड एण्ड विथ ड्र–वीन रिवार्डस् भिया खल्ती’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार २०८२ माघ र फागुन महिनाभर सञ्चालन हुने यस अभियानमा नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरू सहभागी हुन सक्नेछन्।

अभियानअन्तर्गत नेपाल बैंकको खाता खल्ती वालेटमा लिंक गरी कारोबार गर्ने सहभागीहरूमध्ये हरेक हप्ता दुई जनालाई मुभी टिकट वा खल्ती प्रो सब्सक्रिप्सन प्रदान गरिनेछ। साथै, अभियान अवधिभरको कारोबारको आधारमा दुई जना भाग्यशाली सहभागीलाई जनही नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

अभियानमा सहभागी हुनका लागि खल्ती वालेटमा दर्ता भई केवाइसी अद्यावधिक गरिएको हुनुपर्ने, नेपाल बैंकको खाता खल्तीमा लिंक गरिएको हुनुपर्ने र लिंक गरिएको खातामार्फत कारोबार भएको हुनुपर्ने सर्त तोकिएको छ। यस सम्बन्धमा थप जानकारीका लागि नजिकैको नेपाल बैंक शाखा वा बैंकको कल सेन्टर ०१–५९७१२२२ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। नेपाल बैंकले यो अभियानले ग्राहकलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्ने र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।

हाल बैंकले देशभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्स्टेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आधुनिक प्रविधिमार्फत प्रतिस्पर्धी बैंकका रूपमा अघि बढिरहेको जनाएको छ।

1

Scroll to Top