Banijya News

सिनर्जी पावरको १९ औं वार्षिक साधारणसभा भोलि बस्दै

1
1.1K Shares

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १९ औं वार्षिक साधारणसभा भोलि माघ ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने भएको छ ।

सभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी १ जना महिला सहित ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदान र सञ्चालक समिति गठन गर्ने र नियामक निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। कम्पनीले साधारणसभा र लाभांशका लागि पुस १४ गते बूक क्लोज गरेको छ, पुस १३ गतेसम्मका सेयरधनी मात्र लाभांश र सभामा सहभागी हुने छन्।

1

Scroll to Top