Banijya News

भिभोको स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप जर्सी

1
1.1K Shares

 विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई सम्मान गर्दै विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको दराज २.२ क्याम्पेनको सफलतापछि, भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो विशेष योजना ल्याएको हो ।

“नेपालमा क्रिकेट केवल एक खेल मात्र होइन, यो एउटा साझा राष्ट्रिय भावना हो,” भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, “यस अभियानमार्फत हामी फ्यानहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै, उनीहरूलाई भिभाकोे नवीन विशेषतासँगै राष्ट्रिय रङ्ग (जर्सी) गर्वका साथ लगाउने अवसर दिन चाहन्छौँ । ”उक्त योजना अन्तर्गत, भिभोको आधिकारिक अनलाइन प्लेटफर्म पार्टनर दराजमार्फत यही माघ २७ गते सम्म रु. ३५,००० भन्दा माथिको जुनकुनै भिभो स्मार्टफोन खरिद गर्दा ग्राहकहरूले निःशुल्क विश्वकप जर्सी उपहार स्वरूप प्राप्त गर्नेछन् । यो अफर भिभो वाई ४००, भिभो भि६० लाइट, भिभो भि६०, भिभो एक्स २०० प्रो र भिभो एक्स ३०० प्रोमा लागू हुनेछ ।

उपभोक्ता अफरका अतिरिक्त, भिभोले विभिन्न डिजिटल तथा अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्नेछ, जहाँ फ्यानहरूले अन्तरक्रियात्मक गतिविधिहरूमा सहभागी भई निःशुल्क जर्सी तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । यो पहलले उपभोक्ताहरूलाई आफ्नो स्मार्टफोन अपग्रेड गर्नुका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति एक्यबद्धता जनाउने मौका समेत दिएको छ । यो अभियान नेपाली क्रिकेटप्रति भिभोकोे दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब हो । 

नेपाल प्रिमियर लिगदेखि विश्वकपसम्म, भिभोले सधैँ क्रिकेट समुदायसँगै उभिँदै फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नेपाली क्रिकेटलाई विश्वमञ्चमा अघि बढाउन समर्थन गर्दै आएको छ ।

1

Scroll to Top