Banijya News

निर्जीवन बीमा कम्पनीले गरे साढे ३ अर्बको व्यापार, कुनको कति ?

1
1.1K Shares

आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले कुल साढे ३ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले २ लाख ५९ हजार ९८ वटा बीमा पोलिसी जारी गरेर ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४३ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स पछि शिखर इन्स्योरेन्स कम्पनीले ४१ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ४८ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले ३१ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २८ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ८४ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २० करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १५ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रभु इन्स्योरेन्सले १४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ९ करोड ७३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन बीमकहरुले सबैभन्दा धेरै मोटर बीमामार्फत व्यापार भित्रिएको छ । मंसिरमा मोटर बीमामार्फत कम्पनीहरुले ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी, सम्पत्ति बीमामार्फत कम्पनीहरुले ४ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यस्तै, इन्जिनियरिङ र ठेक्का बीमाको रहेको छ। कम्पनीहरुले यो बीमालेख जारी गरेर २ अर्ब ९१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

त्यस्तै कम्पनीहरुले विविध बीमामार्फत २ अर्ब ५ करोड ४१ लाख रुपैयाँ, सामुद्रिक बीमामार्फत १ अर्ब १७ करोड ९९ लाख रुपैयाँ, हवाई बीमामार्फत ८६ करोड ३ लाख रुपैयाँ, कृषि तथा बाली बीमामार्फत ७१ करोड ९७ लाख रुपैयाँ र लघु बीमामार्फत ५० करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

1

Scroll to Top