Banijya News

वैदेशिक लगानी बढाउन अमेरिकन चेम्बरले अर्थमन्त्री समक्ष राख्यो आठ बुँदे सुझाव

1
1.1K Shares

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू सरकारसमक्ष उठाएको छ ।

भेटका क्रममा एमच्याम नेपालले कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा र वित्तीय क्षेत्रमा प्राथमिक नीतिगत विषयमा सुझाव दिएको छ। कम्पनीले नेपालमा स्वच्छ जलविद्युत् र भौगोलिक अवस्थाका कारण हाइपरस्केल डाटा सेन्टर स्थापना सम्भावना रहेको भए पनि विद्युत् स्थायित्व, कनेक्टिभिटी र नियामक अस्पष्टताका कारण ठूला विदेशी लगानी आकर्षित हुन नसकेको जनाएको छ।

एमच्याम नेपालले अमेरिकी लगानीकर्ताका लागि एफडीआई–रेडी परियोजनाको संरचित पाइपलाइन तयार पार्न र लगानी प्रवद्र्धनमा आफूलाई औपचारिक साझेदार बनाइदिन आग्रह गरेको छ। साथै, राष्ट्रिय भुक्तानी प्रणालीलाई एकल निकायमा केन्द्रित गर्दा प्रतिस्पर्धा र नवप्रवर्तनमा असर पर्न सक्ने भन्दै बजारमैत्री प्रणाली अपनाउन सुझाव दिएको छ। सौर्य ऊर्जासम्बन्धी परियोजनामा भ्याट छुट अधिकार दुई निकायमा विभाजित हुँदा अन्योल सिर्जना भएकोले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई एकद्वार अधिकार दिनुपर्ने पनि एमच्यामले सुझाव दिएको छ।

एमच्याम नेपालले स्पष्ट नीतिगत सुधार र लगानीमैत्री वातावरण बनेमा नेपालमा अमेरिकी लगानी उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरेको छ ।

1

Scroll to Top