नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूको विशेष भेला बालुवाटारस्थित ओपेरा होटलमा सुरु गरेको छ। पार्टीको आन्तरिक रणनीति, समसामयिक राजनीतिक घटनाक्रम र आगामी कार्यदिशाका विषयमा गहन छलफल गर्ने उद्देश्यले आयोजना गरिएको यस भेलामा बागमती प्रदेशका प्रभावशाली नेताहरूको सक्रिय सहभागिता रहेको छ।
उक्त भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद तथा प्रदेश सांसदहरूसहित प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको बाक्लो उपस्थिति छ। यस भेलालाई कांग्रेसको आन्तरिक राजनीतिमा डा. कोइराला समूहको रणनीतिक तयारी र प्रभावको रूपमा हेरिएको छ।


