एभरेष्ट कलर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको आइपीओ आज (बिहीबार) बिकी प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरेको हो ।
कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कुल २६ लाख ८७ हजार ४२१ जनाको आवेदन परेको थियो । त्यसमध्ये २६ लाख ४१ हजार ९५९ जनाको आवेदन मात्र योग्य रहेको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो । जसअनुसार ६५ हजार ५७० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।


