Banijya News

ओसीबी पेलेट फिडको पाँच महिनामा २३ करोडको कारोबार

1
1.0K Shares

रुङ्गटा ग्रुपद्वारा सञ्चालित ओसीबी पेलेट फिडले बजारमा बलियो उपस्थिति जनाउँदै सुरुवाती पाँच महिनामै करिब २३ करोड रुपैयाँ (२२ करोड ९० लाख रुपैयाँ) को कारोबार गर्न सफल भएको छ। सन् २०१९ मा स्थापना भएर नेपालगञ्जमा ७५ करोड रुपैयाँको लगानीमा निर्माण भएको यस उद्योगले सन् २०२५ को अन्त्यतिरबाट मात्र व्यावसायिक उत्पादन सुरु गरेको हो।

विशेषगरी ब्रोइलर र लेयर्स प्रजातिका कुखुराको दाना उत्पादन गर्ने यस कम्पनीको दैनिक उत्पादन क्षमता १ लाख २० हजार मेट्रिक टन रहेको छ, जसलाई बजारमा ुपोशाक पेलेट दानाु ब्रान्ड नामबाट बिक्री–वितरण गरिँदै आएको छ।

कम्पनीले दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थहरू भारत, चीन तथा थाइल्यान्ड जस्ता देशहरूबाट आयात गर्ने गर्दछ। सुरुवाती महिनाहरूमा केही खुद घाटा व्यहोर्नुपरे तापनि आगामी दिनहरूमा भने व्यवसायले गति लिई सञ्चालन नाफा कमाउनेमा कम्पनी विश्वस्त देखिएको छ। प्रदिपकुमार रुङ्गटाको अध्यक्षतामा अघि बढिरहेको यस उद्योगले आफ्नो व्यवसाय विस्तार तथा वित्तीय व्यवस्थापनका लागि कुल ८० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ, जसमा दीर्घकालीन र अल्पकालीन ऋणका लागि समान ४०-४० करोड रुपैयाँ छुट्याइएको छ।

1

Scroll to Top