Banijya News

सानिमा बैंकबाट नेपाल–भारत डिजिटल पैसा पठाउन सकिने

1
1.0K Shares

सानिमा बैंकले नेपाल क्लियरिङ हाउससंग सहकार्य गर्दै भारत-नेपाल रियल टाईम पर्सन टु पर्सन (पी२पी) भुक्तानी सेवा सुरू गरेको छ । जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविधा प्रदान गर्दछ ।

यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) तथा युपीआई आईडी प्रयोग गरेर रकामान्तर गर्न सक्छन् ।

नेपाली प्रयोकर्ताले भीपीए मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले युपीआई आईडी प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल , सुरक्षित र सहज बनाएको छ ।

यो सुविघा विद्यार्थी , पेशागत ब्यक्तिहरू, यात्रु तथा भारत-नेपाल आवागमनमा निर्भर परिवारहरुका लागि आधुनिक र प्रभावकारी विक्लपका रुपमा उपयोगी हुनेछ ।

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

1

Scroll to Top