नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका कार्यकर्ताहरुले झापामा असभ्यता देखाएको बताएका छन् । मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताए । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उनको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भएपनि झडप नभएको बताए ।


