Banijya News

नेकपा सिन्धुलीले बनायो राजन दाहालको सट्टा महेश्वर दाहाललाई उम्मेदवार

1
1.2K Shares

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको सिफारिस विपरीत एकलौटीरुपमा राजन दाहाललाई सिन्धुली २ मा टिकट दिएपछि त्यसलाई जिल्ला पार्टीले अस्वीकार गरेको छ । जिल्लाले उम्मेदवार सिफारिस समेत नगरेका राजन दाहाललाई प्रचण्डले एकलौटी रुपमा उम्मेदवार बनाएपछि नेकपा सिन्धुली जिल्ला कमिटीले महेश्वर दाहाललाई पार्टीको आधिकारिक उम्मेदवार घोषणा गरेर मनोनयन दर्ता गराएको हो ।

जिल्लाका नेताहरूले पार्टी केन्द्रले एकलौटी रूपमा दिएको राजन दाहालको टिकटमाथि असहमति जनाउँदै प्रचण्डलाई पत्राचार गरेका थिए। गत निर्वाचनमा सिन्धुली–२ बाट विजयी भएका राजनलाई जिल्ला सिफारिस विपरीत उम्मेदवार बनाइएको थियो। यसपटक जिल्ला पार्टीले माओवादी जनयुद्धकालीन नेता र प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

1

Scroll to Top