Banijya News

रास्वपा महाधिवेशनको उद्घाटनमा कांग्रेस सभापति गगन थापा आफैँ जाने

1
1.0K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा आजदेखि सुरु हुन लागेको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापा आफैँ जाने भएका छन । यसअघि आइतबार बिहान रास्वपालाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै सभापति थापाले कांग्रेसको प्रतिनिधित्व गर्दै उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरेका थिए ।

प्रमुख राजनीतिक दलको शीर्ष नेता भएर पनि महाधिवेशनमा आफैँ उपस्थित नभएको भन्दै उनको फेसबुक पोस्ट र आम वृत्तमा चर्को आलोचना भयो। सर्वसाधारण र कार्यकर्ता तहबाट तीव्र प्रतिक्रिया र आलोचना आएपछि कांग्रेस नेतृत्वले आफ्नो निर्णय बदलेको हो। कांग्रेसका एक पदाधिकारीका अनुसार, चौतर्फी दबाब र प्रतिक्रियाका कारण पहिले तय गरिएको कार्यतालिका परिमार्जन गर्दै अन्ततः सभापति थापा आफैँ चितवनको भरतपुर प्रस्थान गर्ने निश्चित भएको हो।

1

Scroll to Top