Banijya News

महानगरको प्रमुखबाट बाहिरिँदै बालेन, कसले सम्हाल्छ नेतृत्व ?

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिमा बालेनलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिने उल्लेख छ । जसअनुसार बालेन अब प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नेछन् ।

बालेनले प्रतिनिधिसभा उम्मेदवार बन्नका लागि महानगरपालिकाको मेयरबाट राजीनामा दिनेछन् । उनले राजीनामा दिएसँगै काठमाडौं महानगरको नेतृत्व भने उपमेयर सुनिता डंगोलले सम्हाल्नेछिन् । सुनिता कार्यवाहक मेयर भएर महानगरको नेतृत्वमा आउने छिन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताअगाडि नै स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ ।

फागुन २१ लागि तय प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयनको मिति माघ ६ गते राखेको छ । जसअनुसार बालेनले सो मिति अगाडि नै राजीनामा बुझाउनेछन् ।

1

Scroll to Top