Banijya News

सुरु भयो काँग्रेस विशेष महाधिवेशन, संस्थापनद्वारा अस्वीकार

1
1.1K Shares

काठमाडौंको भृकुटीमण्डपमा नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता सुरु भएको छ ।

बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी भए पनि केही ढिला गरी सुरु भएको थियो । आज बिहान ११ बजेसम्ममा चार सय ८८ जना प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार, बिहान ११ बजेसम्ममा कोशीबाट ८३, मधेशबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट १२२, सुदुरपश्चिमबाट ३० र भ्रातृ शुभेच्छुक, जनसम्पर्कबाट २९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

महाधिवेशनको उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ ठाउँबाट जुलुस निकालिएको छ । विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा कार्यक्रम उद्घाटन हुने र उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेष अधिवेशनको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । महाधिवेशन सोमबारसम्म चल्नेछ ।

1

Scroll to Top