Banijya News

चलचित्र ‘एक्लो’ को सातै दिनको कमाई ४३ लाख

1
1.1K Shares

अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ले पहिलो साता ५० लाखको व्यवसाय पनि गर्न असफल भएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको फिल्मको शनिबारसम्मको बक्सअफिस रिपोटमा फिल्मले ४३ लाख २५ हजार ४ सय ९८ ग्रस कमाई गर्न सफल भएको छ । फिल्मको टिकट भने १३ हजार ११ वटा मात्र बिक्री भएको छ ।

गत १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आएका यो फिल्म गत बिहीबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको थियो । फिल्म निर्माण युनिटले फिल्मको व्यवसाय राम्रो रहेको बताउँदै आए पनि बक्स अफिसमा भने त्यस्तो देखिन्न ।

फिल्मलाई दर्शकले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् । ‘एक्लो’ नेपालमा बनेको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको छ ।

प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता खड्काको अलावा विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय छ ।

बेलायती अभिनेता जेमी बेकनको समेत फिल्ममा अभिनय देख्न सकिन्छ । एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।

1

Scroll to Top