Banijya News

प्रभु स्टिल्सका ४३.१७ लाख अवितरित हकप्रद सेयर बिक्रीमा

1
1.2K Shares

प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले ४३ लाख १७ हजारभन्दा बढी अवितरित हकप्रद सेयर आज माघ ६ गतेदेखि बजारमा बिक्रीका लागि राखेको छ। कम्पनीले १ः१.३४ अनुपातमा ५० रुपैयाँ दरका हकप्रद सेयर बिक्रीमा राख्दा ४३ लाख १७ हजार ५० कित्ता बाँकी थिए र ती सेयर न्यूनतम ७५ रुपैयाँमा लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखिएको छ।

यो सेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिन न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५ रुपैयाँ निर्धारण गरिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र यही माघ २० गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।

1

Scroll to Top