नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ देखि रणनीतिक महत्वका आयोजनालाई ‘राष्ट्रिय गौरवका आयोजना’का रूपमा वर्गीकरण गरी प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको छ। सडक, ऊर्जा, सिँचाइ, खानेपानी, पर्यटन, हवाई सेवा तथा रेल क्षेत्रसँग सम्बन्धित यस्ता आयोजना दीर्घकालीन आर्थिक वृद्धिका मेरुदण्डका रूपमा अघि बढाइएका छन्। सरकारले यिनलाई राष्ट्रिय सुरक्षा सुदृढीकरण, सामाजिक तथा सांस्कृतिक एकीकरण, संरचनागत आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनसँग जोडेर कार्यान्वयनमा जोड दिएको छ।
सुरुमा १७ वटा आयोजना राष्ट्रिय गौरवका रूपमा सूचीकृत गरिएकोमा आवश्यकता र औचित्यका आधारमा संख्या बढेर २७ पुगेको थियो। तीमध्ये केही सम्पन्न भइसकेका छन् भने आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा २३ आयोजना कार्यान्वयनमा रहेका छन्। सरकारले ऊर्जा, यातायात, हवाई सेवा, रेल, सिँचाइ, खानेपानी र पर्यटन क्षेत्रका परियोजनालाई उच्च प्राथमिकता दिएको छ। राष्ट्रिय योजना आयोगमार्फत अनुगमन, समन्वय तथा सहजीकरणको व्यवस्था गरिएको छ भने समस्या समाधानका लागि राष्ट्रिय विकास समस्या समाधान समितिमार्फत छलफल र निर्णय लिने प्रबन्ध मिलाइएको छ।
नीतिगत तथा कानूनी व्यवस्था
आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० अनुसार कुनै आयोजनालाई राष्ट्रिय योजना आयोगको सिफारिसमा नेपाल सरकारले राष्ट्रिय गौरवका रूपमा घोषणा गर्न सक्ने व्यवस्था छ। घोषणा गर्दा चालु आयोजनाको सम्पन्न गर्ने समयावधि बढीमा १० वर्ष तोकिएको छ।
मापदण्डअनुसार कम्तीमा ५० अर्ब रुपैयाँ लागत भएको, राष्ट्रिय प्राथमिकता र दीर्घकालीन सोचसँग प्रत्यक्ष सम्बन्धित, राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने, रोजगारी र उद्यमशीलतामा अग्र–पृष्ठ सम्बन्ध सिर्जना गर्ने तथा राष्ट्रिय सुरक्षा, सामाजिक–सांस्कृतिक एकीकरण र संरचनात्मक आर्थिक रूपान्तरणमा रणनीतिक महत्व राख्ने आयोजना मात्र राष्ट्रिय गौरवमा सूचीकृत गर्न सकिन्छ। साथै सामाजिक रूपान्तरण र मानव विकासमा सकारात्मक प्रभाव पार्ने तथा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विशेषता समेत आवश्यक मानिएको छ।
बजेट र खर्चको अवस्था
आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय गौरवका आयोजनाका लागि ६८ अर्ब ९ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। सो अवधिमा ४४ अर्ब २० करोड ६७ लाख रुपैयाँ खर्च भई ६४.९२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। चालु आर्थिक वर्षमा २३ आयोजनाका लागि कुल ६७ अर्ब ८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ। समीक्षा अवधिमा १० अर्ब ३९ करोड ३९ लाख रुपैयाँ खर्च भई १५.४९ प्रतिशत प्रगति भएको छ।
प्रमुख आयोजनाको प्रगति
राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजना (पहिलो चरण) सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। यातायात क्षेत्रअन्तर्गत पुष्पलाल राजमार्गमा ८१.७३ प्रतिशत र हुलाकी राजमार्गमा ७४.३५ प्रतिशत भौतिक प्रगति देखिएको छ। काठमाडौं–तराई द्रुतमार्गको प्रगति ४२.१३ प्रतिशत रहेको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति भने शून्य देखिएको छ।
राष्ट्रिय गौरवका आयोजना निर्धारित समय र लागतमा सम्पन्न गर्न नसक्नु प्रमुख चुनौतीका रूपमा देखिएको छ। आयोजना वर्गीकरणमा वस्तुनिष्ठता कायम गर्न कठिनाइ, अन्तरतह र सरोकारवाला निकायबीच स्वामित्वको अभाव, कार्यान्वयन दक्षता कमजोर हुनु तथा स्थानीय अवरोध व्यवस्थापनमा समस्या रहेका छन्। त्यसैगरी कार्यक्षेत्र विस्तार र ढाँचा परिवर्तनमा स्पष्ट पद्धति नहुनु, व्यवस्थापकीय स्वायत्तता अभाव, आयोजना प्रमुखको अस्थिरता, व्यावसायिक क्षमताको कमी र नतिजामूलक अनुगमन प्रणाली कमजोर हुनु पनि चुनौतीका रूपमा औंल्याइएको छ।
देखिएका मुख्य समस्या
आयोजना छनोट वैज्ञानिक आधारमा नहुनु, नीतिगत तथा कानूनी अस्पष्टता, पूर्वतयारीको अभाव, कमजोर आर्थिक–प्राविधिक अध्ययन, कार्यक्षेत्र र लागत वृद्धि, फितलो खरीद व्यवस्थापन तथा निर्माण व्यवसायीको लापरवाही प्रमुख समस्या रहेका छन्। बजेटको अपर्याप्तता, मुआब्जा विवाद, अन्तर–निकाय समन्वयको कमी, गुणस्तरमा कम ध्यान, जोखिम विश्लेषण प्रणाली कमजोर हुनु, दक्ष जनशक्ति अभाव र स्थानीय अवरोध पनि कार्यान्वयनमा बाधक बनेका छन्।
सुधारका प्रस्तावित उपाय
विशेषज्ञहरूले वैज्ञानिक लागत–लाभ विश्लेषणका आधारमा मात्र आयोजना छनोट गर्नुपर्ने सुझाव दिएका छन्। राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी तथा प्रशासनिक संरचना निर्माण, ‘युटिलिटी कोरिडोर’ अवधारणाको कार्यान्वयन र पूर्वतयारी पूरा भएपछि मात्र आयोजना सुरु गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। मध्यमकालीन खर्च संरचनाअनुसार पर्याप्त बजेट सुनिश्चित गर्ने, मुआब्जा निर्धारणमा स्पष्ट आधार तय गर्ने, खरीद व्यवस्थापन सुदृढ गर्ने र ठेका सीमामा कानूनी व्यवस्था गर्ने उपाय सुझाइएका छन्।
त्यसैगरी दक्ष नेतृत्व चयन, आयोजना प्रमुखको स्थायित्व, नतिजामूलक अनुगमन प्रणाली विकास, जोखिम व्यवस्थापन अनिवार्य गर्ने, स्थानीय सहजीकरण अभिवृद्धि गर्ने र जनशक्ति विकासका लागि तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। राष्ट्रिय गौरवका आयोजना नेपालको आर्थिक र संरचनात्मक रूपान्तरणका प्रमुख आधारस्तम्भका रूपमा रहेका छन्।
राष्ट्रिय गौरवका आयोजनाको प्रगति स्थितिआयोजनाको नाम लम्बाइ/क्षेत्र सम्बन्धित जिल्ला/प्रदेश सुरु भएको वर्ष लक्षित सम्पन्न वर्ष सुरुको अनुमानित लागत संशोधित लागत आ.व. २०८१/८२ सम्मको खर्च आ.व. २०८१/८२ सम्मको वित्तीय प्रगति (%) आ.व. २०८२/८३ को बजेट चालु आ.व. भुक्तानी रकम चालु आ.व. भुक्तानी प्रतिशत पुवाखोला (मध्य पहाडी) आयोजना १,८६९ कि.मि. चिवाभञ्ज्याङ (पाँचथर) देखि झुलाघाट (बैतडी) – २६ जिल्ला २०६५/६६ २०८२/८३ ३३ अर्ब ५१ करोड ५८ अर्ब ११ करोड ७१ अर्ब १० करोड ५१.९५% ४ अर्ब ८ करोड ११ लाख ८० करोड १४ लाख १९.९६% हुलाकी राजमार्ग १,८५७ कि.मि. झापा (कचनकवल) देखि कञ्चनपुर (दोधारा चाँदनी) २०६६/६७ २०८२/८३ ४५ अर्ब २९ करोड ७५ अर्ब ६३ करोड ५७ अर्ब ४५ करोड ५७.३४% ३ अर्ब ६६ करोड २८ लाख ९ अर्ब ३६ करोड ११ लाख ३६.६६% उत्तर–दक्षिण लोकमार्ग (कोशी) १ सय ८३ कि.मि. भोजपुर, धनकुटा, संखुवासभा २०६२/६३ २०८२/८३ ११ अर्ब १३ करोड ११ अर्ब २० करोड ६ अर्ब ६६ करोड ४५.००% — — — मेची पुल–काकरभिट्टा–लौकही सडक (एशियन हाइवे) १०५.९१ कि.मि. सुनसरी / मोरङ २०७३/७४ २०८२/८३ ६ अर्ब ५० लाख ८२ करोड ९८ लाख ५५ करोड ३२ लाख — ३ अर्ब १७ करोड ५७ लाख ११ करोड ७७ लाख २५.८५% कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुंगा) सडक योजना २१३ कि.मि. नवलपरासी पूर्व, गुल्मी, पाल्पा, बागलुङ, पर्वत, म्याग्दी २०६६/६७ २०८२/८३ २० अर्ब २० अर्ब १५ अर्ब ९ करोड ५९.५८% ३ अर्ब ७८ करोड ९५ लाख — — कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजना २०२ कि.मि. पर्वत, म्याग्दी, मुस्ताङ २०७३/७४ २०८२/८३ १० अर्ब ५७ करोड १० अर्ब ५७ करोड ६ अर्ब ३० करोड १२ लाख ५९.००% — — —


