अनर एक्स फाइभ सी नेपालमा ‘एक्सट्रिम च्याम्पियन’का रूपमा सार्वजनिक गरिएको छ। सौन्दर्यपूर्ण डिजाइन तथा भरपर्दो प्रदर्शनसहितको अनर एक्स फाइभ सी नेपाली बजारमा सार्वजनिक गरिएको हो।
उत्कृष्ट क्यामरा स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो स्मार्टफोन डिजाइन गरिएको छ। दैनिक प्रयोगमा अझ उच्च अपेक्षा राख्ने प्रयोगकर्तालाई लक्ष्य गर्दै अनर एक्स फाइभ सीले स्टाइल, शक्ति र उपयोगितालाई सन्तुलित रूपमा प्रस्तुत गर्दछ।
अनर एक्स फाइभ सीमा समावेश गरिएको अल्ट्रा क्लियर ५० मेगापिक्सेल डुअल क्यामराले स्पष्ट र उच्च गुणस्तरको तस्बिर खिच्छ। भरपर्दो मिडिया टेक प्रोसेसर तथा पर्याप्त स्टोरेज क्षमताका साथ यसले सहज मल्टिटास्किङ, द्रुत एप सञ्चालन र समग्र रूपमा स्मुथ प्रदर्शन सुनिश्चित गर्दछ। साथै ५ हजार २ सय ६० मिलिएम्पियर-आवर ब्याट्रीले लामो समयसम्म निरन्तर प्रयोगको सुविधा प्रदान गर्दछ।
अनर एक्स फाइभ सी (४ जीबी प्लस ६४ जीबी) को मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ र अनर एक्स फाइभ सी प्लसको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ। उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा आधुनिक डिजाइन खोज्ने प्रयोगकर्ताहरूका लागि यी दुवै मोडेल आकर्षक विकल्प हुन सक्छन्। स्मार्टफोन ओसन क्यान, मिडनाइट ब्ल्याक र मिटियर सिल्भर गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।


