भूमि व्यवस्था, सहकारी, गरिवी निवारण तथा सहरी विकास मन्त्री कुमार इङनामका स्वकिय सचिव प्रवेश शिवाकोटी र भूमि व्यवस्था मन्त्रालयका स्टोर किपर तथा नायब सुब्बा युवराज गिरी मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा तथा खटनपटनको विषयमा विबादित बनेका छन् ।
इङनाम अब एक दुई दिनमै विदाइ हुदैछन । बिदाइ हुनु भन्दा अघि सोझो भनेर चिनिएका मन्त्री इङनामलाई प्रयोग गदै, गलत सूचना दिदै शिवाकोटी र गिरीले सकेसम्म आर्थिक उपार्जन गर्ने अभियानमा लागेका छन् । गत मंसिर २६ गते इङनाम भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त हुने वित्तिकै शिवकोटीसँग गिरीले विशेष सम्बन्ध राख्न सुरु गरे । मन्त्री र सचिवमा जुन व्यक्ति नियुक्त भए पनि ती व्यक्ति या ती व्यक्तिको परिवारसँग विशेष सम्बन्ध राख्ने र मन्त्रालयको मातहतको सरुवा बढुवामा आफैै हावी हुने कला गिरीसँग छ । त्यसैले भूमि व्यवस्था मन्त्रालय मातहतको सबै सरुवा खाशगरी काठमाडौं लगायत आकर्षक ठाउँमा मालपोत र नापी प्रमुखहरुको सरुवामा गिरीकै सिफारिश चल्ने गर्छ । त्यसैले सरुवामा गिरीको विशेष चासो हुने गरेको छ ।
इङनामलाई गलत सूचना दिदै शिवाकोटी र गिरीले गत पुस १८ गते चाबहिल,भक्तपुर र लतिलपुरका मालपोत प्रमुखहरुको सरुवा गरेका थिए । गिरीकै सिफारिश अनुसार चाबहिलमा भोजराज श्रेष्ठ, भक्तपुरमा अर्जुन राइ तथा ललितपुरमा धनबहादुर बुढालाई ल्याइएको छ । गिरीको सेटिङमा नचल्दा चाबहिलका मालपोत दिपेन्द खत्री, भक्तपुरका मालपोत प्रमुख माधव घिमिरे तथा लतिलपुरका मालपोत प्रमुख अशोक भट्टराइलाई जबरजस्ती बिबादित बनाएर सरुवा गरिएको थियो । अनिल सिन्हा भूमि व्यवस्था मन्त्री भएको बेला पनि गिरीकै सेटिङमा भक्तपुर नापी प्रमुख पूर्ण पाण्डे, ललितपुर नापी प्रमख अजित कुवर, तथा चाबहिल नापी प्रमुख संजय छतकुलीलाई ल्याइएको थियो । ती तीन जना व्यक्तिलाई नापी प्रमुख बनाउन लाखौ सेटिङ भएको विषयमा मन्त्रालयका सबै कर्मचारीहरु जानकार छन् ।
गिरीले दश वर्षसम्म सहरी विकास मन्त्रालयमा स्टोर किपर चलाएकोले सहरीमा पनि गिरीको विशेष चासो रहेको छ । संयोगले इङनामले सहरी विकास मन्त्रालय पनि सम्हाल्ने मौका पाए । त्यसैले सहरीमा समेत हात हाल्न गिरीलाई अबसर मिल्यो । यस काममा गिरी र शिवाकोटीको अनौठौ सम्बन्ध रह््यो । त्यसैले यी दुई व्यक्ति भूमि व्यवस्था मन्त्रालयमा सधै गोप्य मा देखिन्थे ।
जाँदा जादै नयाँ सरकार आउनै लागेको बेला त्यसमा पनि नयाँ प्रधानमन्त्रीले सपथ ग्हण गर्ने तिथि समेत तय भइसकेको बेला सहरी मातहत डिजी फेर्न र विवादित व्यक्तिलाई डिजीमा ल्याउन यी दुई व्यक्ति महिहत्ते गरे । यस काममा उनीहरु असफल भएका छन् । डिजि फेर्ने या नफेर्ने काम नया मन्त्रीको हो । चुनाव सम्पन्न भइसके पछि पुरानो मन्त्रीलाई यो अधिकार नै हुन्न । यो बुझ्दा बुझदै पनि मन्त्री इङनामले यतिबेला विभिन्न मिडियामा गइ मन्त्रालयका कर्मचारीहरुलाई बद्नाम गर्न लागिरहेका छन् । इङनाम फेरि मन्त्री हुने सम्भावना छैन, शिवाकोटी पनि फेरि स्वकिय सचिव हुने सम्भावना छैन । त्यसैले जाँदा जाँदै केही आर्थिक उपार्जन गर्ने यिनीहरुको सोच हो । यसमा गिरीले …यस्तो नर्गुहोस भन्नु पर्नेमा उल्टै हौसला दिने काम काम गरेका छन्


