प्रधानमन्त्री बालेन शाहको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका थिए ।
तर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने समारोहमा अनुपस्थित रहे । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेकाले कार्यक्रममा सहभागी हुन सकेनन्। समारोहमा राजनीतिक नेतृत्व, कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


