Banijya News

४०५ किमि रेन्ज दिने दिपल एस०५ बन्यो विश्वकै उत्कृष्ट गुणस्तरको इलेक्ट्रिक एसयुभी

1
1.1K Shares

चिनियाँ विद्युतीय सवारी उत्पादक दिपलको चर्चित मोडल ‘एस०५ ले गुणस्तरको क्षेत्रमा एक ठूलो फड्को मारेको छ। सन् २०२६ को जेडी पावर चाइना ‘एनईभी इनिसियल क्वालिटी स्टडी’ अन्तर्गत प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा यो गाडीले पहिलो स्थान हासिल गर्न सफल भएको हो।

चीनको प्रतिस्पर्धी ईभी बजारमा सबैभन्दा भरपर्दो मानिने जेडी पावरको यो नतिजाले दिपल एस०५ को विश्वसनीयतालाई विश्वस्तरमै नयाँ उचाइमा पुर्‍याएको छ। यो उपलब्धि विशेष गरी ८१ सहरका २१ हजारभन्दा बढी सवारी धनीहरूको प्रत्यक्ष अनुभव र प्रतिक्रियाका आधारमा प्रदान गरिएको हो, जसमा यस गाडीले आफ्नो सफ्टवेयर, सुरक्षा प्रणाली (ADAS) र उत्पादन इन्जिनियरिङमा अन्य प्रतिस्पर्धीलाई उछिनेको छ।

विश्व बजारमा सार्वजनिक भएको छोटो समयमै ७० भन्दा बढी देशमा दुई लाखभन्दा बढी युनिट बिक्री भइसकेको यो मोडल चीनबाट निर्यात हुने सफल ईभीमध्ये एक मानिन्छ। नेपाली सडकमा समेत निकै रुचाएको दिपल एस०५ मा ९९ किलोवाटको मोटर र ५६.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा ४०५ किलोमिटरसम्मको रेन्ज दिन्छ। ४.६२ मिटर लम्बाइ र २.८८ मिटर ह्विलबेस रहेको यो एसयुभीले प्रविधि र आरामको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।

अहिलेको समयमा धेरै ईभीहरू सफ्टवेयर र प्राविधिक जटिलताका कारण गुणस्तरको प्रश्न खेपिरहेका बेला दिपल एस०५ ले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यताले यसको बलियो इन्जिनियरिङलाई पुष्टि गरेको छ। नेपालमा पनि आफ्नो बलियो उपस्थिति बनाउँदै गएको दिपलका लागि यो अवार्डले ग्राहकको विश्वास जित्न थप मद्दत पुग्ने देखिन्छ। प्रविधिमैत्री र भरपर्दो सवारी खोजिरहेका नेपाली ग्राहकका लागि यो एसयुभी अब झनै निर्विकल्प र आकर्षक छनोटको रूपमा स्थापित भएको छ।

1

Scroll to Top