Banijya News

माउन्ट एभरेष्ट पावरले निष्कासन गर्‍यो २५ लाख ८० हजार कित्ता आईपीओ

1
1.0K Shares

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले आफ्नो कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये ८ लाख ६० हजार कित्ता स्थानीय बासिन्दाका लागि र १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। स्थानीय बासिन्दाले सोलुखुम्बुस्थित विभिन्न बैंकका शाखा तथा आस्बा सदस्य बैंकहरूबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाहरूले मेरो शेयरमार्फत अनलाइन आवेदन दिनुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्कासन तालिका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख २३ सम्म र स्थानीय बासिन्दाले छिटोमा वैशाख ३१ गतेसम्म आवेदन दिन पाउनेछन्। एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको यस आयोजनाको पहिलो चरणको शेयर बाँडफाँट सकिएपछि मात्रै सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।

1

Scroll to Top