Banijya News

सुनको मुल्यमा सामान्य वृद्धि

1
1.0K Shares

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ । भने चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन तोलाको ४०० रुपैयाँले बढेको छ र चाँदी ९० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top