वाणिज्य बैंकहरूले फागुनमा पनि ब्याजदर घटाएका छन् । फागुन १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । फागुन महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.११ प्रतिशत घटेर औसत ४.५७ प्रतिशतमा झरेको छ । जबकि माघमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.६८ प्रतिशत थियो ।
यस्तै, फागुनमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०५ प्रतिशत घटेर ३.३३ प्रतिशतमा झरेको छ । यसअघि माघमा संस्थागततर्फ औसत ३.३८ प्रतिशत ब्याजदर थियो । माघ महिनाका लागि ९ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
नेपाल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।बैंकको नाम २०८२ माघ (व्यक्तिगत) २०८२ माघ (संस्थागत) २०८२ फागुन (व्यक्तिगत) २०८२ फागुन (संस्थागत) फरक (व्यक्तिगत) फरक (संस्थागत) कृषि विकास ४.४० २.७५ ४.२५ २.७५ -०.१५ ० एभरेस्ट बैंक ४.४० ३.४० ४.२५ ३.४० -०.१५ ० नेपाल बैंक ५.१० ३.२५ ५.१० ३.२५ ० ० कुमारी बैंक ४.४३ ३.४० ४.४३ ३.४० ० ० नेपाल एसबीआई ४.४० २.८० ४.२५ २.७७ -०.१५ -०.०३ लक्ष्मी सनराइज ४.५० ३.२५ ४.५० ३.२५ ० ० ग्लोबल आइएमई ५.४० ३.७५ ४.७५ ३.५० -०.६५ -०.२५ प्राइम बैंक ४.४० २.७५ ४.२५ २.७५ -०.१५ ० सिटिजन्स ४.५० ३ ४.५० ३ ० ० प्रभु बैंक ४.५५ २.७५ ४.५५ २.७५ ० ० माछापुच्छ्रे बैंक ४.५० ३ ४.५० ३ ० ० एनएमबि बैंक ५ ४ ५ ४ ० ० स्ट्यान्डर्ड चार्टर्ड ४.३६ २.७५ ४.२५ २.७५ -०.११ ० हिमालयन बैंक ५ ४ ५ ४ ० ० सिद्धार्थ बैंक ४.५५ ३.७५ ४.२५ ३.५० -०.३० -०.२५ नबिल बैंक ४.५५ ३.५५ ४.५५ ३.५५ ० ० सानिमा बैंक ४.५५ ३.३० ४.५० ३.३० -०.०५ ० राष्ट्रिय वाणिज्य ५ ४ ५ ४ ० ० एनआईएमबि ५ ४ ४.५० ३.५० -०.५० -०.५० एनआईसी एशिया ५ ४ ५ ४ ० ० औसत ४.६८ ३.३६ ४.५७ ३.३३ -०.११ -०.०३


