Banijya News

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन खुला

1
1.1K Shares

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजदर घटाउँदै गइरहेका बेला सोभन्दा बढी प्रतिफल दिनेगरी आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन खुलेको छ । वार्षिक ८ प्रतिशत ब्याज दिनेगरी कम्पनीको ऋणपत्रमा लगानी अवसर खुलेको हो । ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामको यस ऋणपत्रमा छिटोमा फागुन १४ गते र ढिलोमा २५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

अंकित मूल्य १ हजारका दरले कम्पनीले ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये २ लाख कित्ता सर्वसाधारणमा निष्कासन भएको हो । क्यापिटलका अनुसार न्यूनतम २५ तथा अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत वा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । केयर रेटिङले कम्पनीको ऋणपत्रलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनी दायित्व वहनमा मध्यमस्तरमा रहेको जनाउँछ ।

1

Scroll to Top