सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २३औँ बैठक सोमबार बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकको सुरुमै सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।
त्यसपछि आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल प्रारम्भ हुनेछ।
सोमबारको बैठकमा मुख्यगरी युवा, श्रमस उद्योग, वाणिज्यस कृषि, वनस सूचना तथा सञ्चारस संस्कृति, पर्यटनस शिक्षा, स्वास्थ्य र भूमि व्यवस्था, सहकारी लगायतका ९ वटा मन्त्रालयहरूको बजेट शीर्षकमाथि समूहकृत रूपमा सांसदहरूले आफ्नो धारणा राख्नेछन्।
बजेटमाथिको छलफलसँगै विभिन्न मन्त्रालयहरूको खर्च कटौती गरी ुएक रुपैयाँु कायम गरियोस् भन्ने प्रस्ताव ५ जना सांसदहरूले संसद्मा पेस गर्ने कार्यसूची छ। जसमा सांसद कृपाराम राना ९उद्योग, वाणिज्य०, नीता घतानी ९सूचना तथा सञ्चार०, अर्जुनकुमार कार्की ९शिक्षा०, साजिदा खातुन सिद्धिकी ९स्वास्थ्य र महिला, बालबालिका तथा सामाजिक सुरक्षा० र एशुदाकुमारी बराल ९भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला० ले आ(आफ्नो खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन ।


