सेयर बजारमा बुधबार झिनो अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २,७०५.५३ विन्दुमा कायम भएको छ ।
आज कुल ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच भएका छन्। यसबाट ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आजको कारोबारमा १२६ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज एनआरएन, रिलायन्स स्पिनिङ मिल्स र बुङ्गल हाइड्रोको कारोबार उच्च रह्यो। त्यस्तै सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रो र त्रिशूली जलविद्युतका सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। एनएमबी डिबेञ्चर भने आज सबैभन्दा बढी घट्नेमा परेको छ।


