Banijya News

अनरले ल्यायो ‘अनर एक्स फाइभ सी’ नेपाली बजारमा

1
1.1K Shares

अनर एक्स फाइभ सी नेपालमा ‘एक्सट्रिम च्याम्पियन’का रूपमा सार्वजनिक गरिएको छ। सौन्दर्यपूर्ण डिजाइन तथा भरपर्दो प्रदर्शनसहितको अनर एक्स फाइभ सी नेपाली बजारमा सार्वजनिक गरिएको हो।

उत्कृष्ट क्यामरा स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो स्मार्टफोन डिजाइन गरिएको छ। दैनिक प्रयोगमा अझ उच्च अपेक्षा राख्ने प्रयोगकर्तालाई लक्ष्य गर्दै अनर एक्स फाइभ सीले स्टाइल, शक्ति र उपयोगितालाई सन्तुलित रूपमा प्रस्तुत गर्दछ।

अनर एक्स फाइभ सीमा समावेश गरिएको अल्ट्रा क्लियर ५० मेगापिक्सेल डुअल क्यामराले स्पष्ट र उच्च गुणस्तरको तस्बिर खिच्छ।  भरपर्दो मिडिया टेक प्रोसेसर तथा पर्याप्त स्टोरेज क्षमताका साथ यसले सहज मल्टिटास्किङ, द्रुत एप सञ्चालन र समग्र रूपमा स्मुथ प्रदर्शन सुनिश्चित गर्दछ। साथै ५ हजार २ सय ६० मिलिएम्पियर-आवर ब्याट्रीले लामो समयसम्म निरन्तर प्रयोगको सुविधा प्रदान गर्दछ।

अनर एक्स फाइभ सी (४ जीबी प्लस ६४ जीबी) को मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ र अनर एक्स फाइभ सी प्लसको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ। उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा आधुनिक डिजाइन खोज्ने प्रयोगकर्ताहरूका लागि यी दुवै मोडेल आकर्षक विकल्प हुन सक्छन्। स्मार्टफोन ओसन क्यान, मिडनाइट ब्ल्याक र मिटियर सिल्भर गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।

1

Scroll to Top