April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

वस्तु विनिमय बजार सञ्चालन गर्न पाइने, धितोपत्र बोर्डले ल्यायो नयाँ निर्देशिका (निर्देशिकासहित)

वस्तु विनिमय बजार सञ्चालन गर्न पाइने, धितोपत्र बोर्डले ल्यायो नयाँ निर्देशिका (निर्देशिकासहित)

काठमाण्डौ । नेपालमा वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि बाटो खुल्ला भएको छ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७८’ जारी गरेपनि बस्तु बिनिमय बजार खोल्नको लागि कानूनी आधार तयार भएको हो ।

Advertisement

वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ६३ को खण्ड (ख) को व्यवस्था बमोजिम बोर्डले नयाँ निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका जारी भएसँगै अब वस्तु विनिमय बजार सञ्चालनका लागि कुनैपनि नयाँ संस्थालाई असार १५ बाटै प्रस्तावित गर्न सकिने छ ।

Advertisement

विनिमय बजार सञ्चालनका लागि प्रस्तावित संस्थामा संस्थापकहरुले कम्तीमा ५१ प्रतिशत र बढीमा १०० प्रतिशत सेयर लगानी हुन सक्ने व्यवस्था गरेको छ । निर्देशिकाले प्रस्तावित नयाँ संस्थामा विदेशी रणनीतिक साझेदार हुन सक्ने बाटोसमेत खुलेको छ । जसमा प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्तापुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्ने छन् ।

कारोबार गरिने वस्तुका आधारमा वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको न्यूनतम चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ र २ अर्ब रुपैयाँ हुनुपर्ने छ । जसअनुसार न्यूनतम चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ हुने संगठित संस्थाले वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ), र (च) मा तोकिएका वस्तुको कारोबार गर्न पाउनेछ ।

यसैगरी २ अर्ब रुपैयाँसम्म चुक्तापुँजी भएको संगठित संस्थाले वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१ वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ), र (च) मा तोकिएका वस्तुहरूको कारोबार गर्न पाउनेछ ।
यस्तो छ नयाँ बस्तु बिनिमय निर्देशिका –

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/06/sebon@-banijya.pdf” title=”sebon@ banijya”]