पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई
प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने भएकी छिन् । शुक्रबार दिउँसो हुने मन्त्रिपरिषद् विस्तारका क्रममा केही मन्त्रीहरूको जिम्मेवारी पनि हेरफेर हुँदैछ । सो क्रममा अहिले प्रधानमन्त्री कार्की आफैंले सम्हालिरहेको पर्यटन मन्त्रालयको जिम्मेवारी मन्त्री सिन्हालाई दिन लागिएको शीतलनिवास स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ…

