Banijya News

अर्थनीति

शिवश्री हाइड्रोपावको हकप्रद सेयर बाँडफाँड

शिवश्री हाइड्रोपावको हकप्रद सेयर बाँडफाँड

शिवश्री हाइड्रोपावरद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर असोज ३१ गते बाँडफाँड गरिएको हो […]

एनसेलको सीईओमा माइकल फोले नियुक्त

एनसेलको सीईओमा माइकल फोले नियुक्त

एनसेलको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा माइकल फोले नियुक्त भएका छन् । आगामी कात्तिक १५ गतेदेखि लागू हुनेगरी उनी नियुक्त भएको एनसेलले जनाएको छ । नयाँ सीईओ आएसँगै कार्यवाहक सीईओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को आफ्नो महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् । फोलेसँग दुई दशकभन्दा बढी समय दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव…


  • वायुसेवा निगमले तिर्‍यो दुई वाइडबडी किन्दा लिएको ऋण बापतको ५३ करोड

    वायुसेवा निगमले तिर्‍यो दुई वाइडबडी किन्दा लिएको ऋण बापतको ५३ करोड

    नेपाल वायु सेवा निगमले असोज मसान्तसम्मको ऋण बापतको ५३ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ । निगमले दुई ‘न्यारोबडी’ जहाजको किस्ता तर्फको पुरै रकम र दुई ‘वाइडबडी’ जहाजको आंशिक गरी आज कुल ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ । अन्तरराष्ट्रिय उडानका…

  • तोलामा ४८ सयले घट्यो सुनको भाउ

    तोलामा ४८ सयले घट्यो सुनको भाउ

    आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार तोलाको २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ हजार ८ सय रूपैयाँले घटेको हो । यस दिन सुन तोलाको २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको…

  • Default Image

    एनआईएमबिको १० प्रतिशत नगद लाभांश घोषणा

    ब्रोकर नम्बर ७५ अर्थात् एनआईएमबि स्टक मार्केट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले चुक्ता पुँजी ६० करोड रुपैयाँको करसहित १० प्रतिशतका दरले ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते दिउँसो साढे २…

  • लक्ष्मी सनराइजले १५.७८ प्रतिशत लाभांश बाँड्ने

    लक्ष्मी सनराइजले १५.७८ प्रतिशत लाभांश बाँड्ने

    लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज असोज ३० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो…

  • विद्युत् बक्यौता तिर्न प्राधिकरणले दिएको म्याद आज सकिँदै, काटिएला उद्योगको लाइन ?

    विद्युत् बक्यौता तिर्न प्राधिकरणले दिएको म्याद आज सकिँदै, काटिएला उद्योगको लाइन ?

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्न उद्योगलाई दिएको समयसीमा आइतवार (आज) सकिँदैछ । पछिल्लो पटक दिएको किस्ताबन्दी सुविधा अन्तर्गत सुविधा लिन र पहिलो किस्तासम्म तिर्न भनेकोमा नतिरेका उद्योगको बिजुली काट्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले गएको असोज १२ मा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको सूचना निकालेको…

  • लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च

    लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च

    गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । जबकि गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ…

  • सरकारी ढिलासुस्तीले स्मार्ट टेलिकमको सम्पत्ति र दायित्व फर्स्योट अलपत्र

    सरकारी ढिलासुस्तीले स्मार्ट टेलिकमको सम्पत्ति र दायित्व फर्स्योट अलपत्र

    सरकारको दीर्घकालीन ढिलासुस्ती र नियामक निकायको उदासीनताका कारण स्मार्ट टेलिकमको सम्पत्ति र दायित्व व्यवस्थापन दुई वर्षदेखि अलपत्र परेको छ । अनुमतिपत्र रद्द भएको लामो समय बितिसक्दा पनि सम्पत्ति मूल्यांकनदेखि फर्स्योट प्रक्रियासम्म अघि नबढ्दा कम्पनीको वित्तीय दायित्व झन् बढ्दो क्रममा छ । दूरसञ्चार सेवा प्रवाह गर्दै आएको इजाजतप्राप्त उक्त कम्पनीको अनुमतिपत्र…

  • मनाङमा भित्रिए डेढ महिनामा ७ हजार पर्यटक

    मनाङमा भित्रिए डेढ महिनामा ७ हजार पर्यटक

    मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा ७ हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड…

  • आज धनतेरस, लक्ष्मीको आराधना गरिँदै

    आज धनतेरस, लक्ष्मीको आराधना गरिँदै

    सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान…

Scroll to Top